पर्सामा प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ परेका छन्।
सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरिया इन्स्पेक्टर प्रदीप पौडेलसहित ८ जना शनिबार राति साढे १० बजे पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजु कार्कीका अनुसार उनीहरूलाई वीरगन्ज महानगरपालिका-१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोनको क्यासिनोबाट पक्राउ गरिएको हो।
क्यासिनोमा जुवा खेल्न पुगेका अरू २ जना सखुवाप्रसौनी गाउँपालिका-३ कै ३० वर्षीय चन्दन सहनी, वीरगन्ज महानगर-११ का ३९ वर्षीय ओम प्रकाश बैठालाई पनि पक्राउ गरिएको डिएसपी कार्कीले जानकारी दिए।
त्यस्तै क्यासिनोमा प्रवेश गराउने कर्मचारीहरू वीरगन्ज-१४ का २८ वर्षीय विजयकुमार पटेल, वडा २५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका-५ का ४९ वर्षीय जयदेव साह र वीरगन्ज महानगर-१२ का ५० वर्षीय प्रदेशी साह पनि पक्राउ परेका छन्।
पक्राउ परेका ८ जनामाथि थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिए।