काठमाडौंको ठमेलमा युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
भदौ १६ गते बेलुकी सडकमा हिँडिरहेकी २२ वर्षकी युवतीलाई एक युवाले अस्वाभाविक तवरले छुँदै अभद्र व्यवहार गरेका थिए।
उक्त घटनाबारे सामाजिक सञ्जालमा सार्वजनिक भिडिओ फुटेज हेरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भदौ २० गते सर्लाही कबिलासी नगरपालिका -२ घर भई हाल काठमाडौं महानगरपालिका-१४, कलंकी बस्ने वर्ष ३० को सालिन साहलाई पक्राउ गरेको छ।
साहमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।