ठमेलमा एक महिलामाथि अभद्र व्यवहार गर्ने पुरूष पक्राउ परेका छन्।
भदौ १६ गते साँझ ८ बजे ठमेलमा हिँडिरहेकी २२ वर्षीया एक युवतीलाई अभद्र व्यवहार गर्ने पुरूषले प्रहरीले शनिबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सर्लाहीको कबिलासी नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका कलंकी बस्ने ३० वर्षीय सालिन साह पक्राउ परेका हुन्।
उनलाई ठमेलबाटै नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको प्रहरीले जनाएको छ।
युवतीमाथि अभद्र व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।
सोही आधारमा पक्राउ परेका उनलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।