भोटेकोशी-त्रिशूली नदीमा आएको बाढी पछि सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
साइबर ब्युरोले बैतडी घर भई चन्द्रागिरि नगरपालिका-१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडैलाई पक्राउ गरेको हो।
उनले भदौ १० गते भोटेकोशी-त्रिशूलीमा आएको बाढीबारे खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा भिडिओ राखेका थिए।
विभिन्न जातजातिलाई लक्ष्य गरेर होच्याउने र अपमानित गर्ने समेत सामग्री राखेका थिए।
उनलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ कसुर अनुसार अनुसन्धान अघि बढाएको छ।