बारामा कुखुरा बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सोमबार बिहान ८:१५ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ छातापिप्रा स्थित आर्मी ब्यारेक अगाडि पथलैया वीरगन्ज सडकमा ना ५ च २२७७ नम्बरको कुखुरा बोकेको गाडी दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पथलैयाबाट वीरगन्ज जाँदै गरेको उक्त गाडी सडकको डिभाइडरमा ठोक्किएर पल्टिएको थियो।
दुर्घटनामा परी गम्भीर घाइते भएका वीरगन्ज महानगरपालिका-३० प्रोसतिपुरका जैमुदिन अन्सारीको मृत्यु भएको छ।
गाडीका सह चालक जिल्ला पर्साका विश्रामपुर गाउँपालिका-९ का सुभान अन्सारीका छोरा २० वर्षीय स्वयमभुला अन्सारी घाइते भएका छन्।
उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।