वीरगन्जबाट काठमाडौं आउँदै गरेको गाडीमा बेहोस भएका एक यात्रुको उपचार क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा बाराको सिम्रौनगढ नगरपालिका-११ का १९ वर्षीय प्रदीप पटेल छन्।
उनको सोमबार बिहान काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगन्जबाट काठमाडौं आउँदै गरेको म.प्र ०३-००१ ज ०७७५ नम्बरको गाडी बिहान साढे ९ बजे मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३ सिस्नेरी आइपुग्दा प्रदीप गाडीमै बेहोस भएका थिए।
उनलाई तत्काल उपचारका लागि स्वास्थ्य चौकी सिस्नेरी पुर्याइएको थियो।
त्यहाँ समान्य उपचारपश्चात बोल्न सक्ने भएपछि किशोरले आफूलाई सास फेर्न अफ्ठ्यारो भएको भनेका थिए।
त्यसपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो।
बल्खुस्थित बयोधा अस्पतालमा चेकजाँच क्रममा बिहान ११:०३ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
गाडीका चालक बाराको कलैया उपमहानगरपालिका १९ का २९ वर्षीय तितेश राउत कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।