भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा बुटवलमा दीप प्रज्ज्वलन गरिएको छ।
बुटवल उपमहानगरपालिकाको आह्वानमा सोमबार साँझ बुटवलस्थित पुष्पलाल पार्कमा दीप प्रज्ज्वलन गरिएको हो।
कार्यक्रममा बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्ज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रममा बुटवलका उद्योगी–व्यवसायी, टोल विकास समिति, समाजसेवी तथा स्थानीयवासीको सहभागिता थियो।
सहभागीहरूले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेका थिए।