गोरखामा स्थानीय र प्रहरी मिलेर अस्थायी पुल बनाएका छन्।
चुमनुब्री गाउँपालिका ४ नाम्रुङस्थित थेराङ खोलामा गत आइतबार बिहान साढे ३ बजे लेदोसहित आएको बाढीले ४ घर, दुई पुल र १ जलविद्युत् आयोजना बगाएको थियो।
पुल नहुँदा स्थानीयलाई सकस परेपछि स्थानीय र प्रहरी मिलेर अस्थायी पुल बनाएका हुन्।
अर्को व्यवस्था नभएसम्मको लागि इलाका प्रहरी कार्यालय लार्केबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहकार्यमा अस्थायी पुल बनाएको हो।
स्थानीय साधनको प्रयोग गरेर अस्थायी पुलको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
तस्बिरहरू-




