आइतबार भएको विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई पराजित गर्दै बंगलादेशले ठूलो जित दर्ता गर्यो। सो खेल दक्षिण अफ्रिकाले २१ रनले हार्यो।
जितसँगै यसै खेलबाट बंगलादेशका शाकिब अल हसनले विश्वकीर्तिमानसमेत बनाउन सफल भए।
बंगलादेशका अलराउण्डर शाकिबले अन्तराष्ट्रिय एकदिवसीय क्रिकेट सर्वाधिक छिटो २५० विकेट र ५ हजार बढि रन बनाउने खेलाडीको कीर्तिमान बनाएका छन्।
उनले १९८ औं एक दिवसीय खेलबाट यो कीर्तिमान बनाएका हुन्।
शाकिब अगाडि यो रेकर्ड श्रीलंकाका सनथ जयसूर्याले ३०४, पाकिस्तानका शाहिद अफ्रिदीले २७३ खेलबाट, दक्षिण अफ्रिकाका ज्याक कालिसले २९६ तथा पाकिस्तानका अब्दुल रज्जाकले २३४ खेलबाट आफ्नो नाममा बनाएका थिए।
शाकिबले उनीहरूको रेकर्ड तोडेका हुन्। दक्षिण अफ्रिका विरूद्ध ७५ रन बनाएका शाकिबले हालसम्म ५ हजार ७ सय १७ रन जोडेका छण्।
१९८ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने क्रममा शाकिवले यो रेकर्ड आफ्नो नाम गरेका हुन्। यस अघि श्रीलंकाका सनथ जयसूर्याले ३०४ खेलमा, पाकिस्तानका शाहिद अफ्रिदीले २७३ खेलमा, दक्षिण अफ्रीकाका ज्याक कालिसले २९६ खेलमा तथा पाकिस्तानका अब्दुल रज्जाकले २३४ खेलमा यो रेकर्ड आफ्नो नाम गरेका थिए।
यसैगरी सो खेलमा उनले मुस्फिकर रहिमसँग मिलेर तेश्रो विकेटका लागि बनाएको १४२ रनको साझेदारी बंगलादेशको कुनै पनि विकेटका लागि सर्वाधिक ठूलो साझेदारी समेत बनाए।