एसिसी यु-१९ एसिया कपअन्तर्गत नेपालले श्रीलंकाविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।
खेल श्रीलंकाको कोलम्बोस्थित आरपिएस मैदानमा भइरहेको छ। नेपालका रित गौतम र पवन सर्राफले ओपनिङ गरिरहेका छन्।
नेपालले आफ्नो दोस्रो खेलमा भदौ २२ गते बगलादेशसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल भदौ २४ गते युएईसँग खेल्नेछ ।
राउण्ड रोबिन लिगपछि दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्।
गत असारमा मलेसियामा सम्पन्न भएको एसिसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एशिया कपमा छनोट भएको थियो।
त्यतिबेला नेपालले फाइनल खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो।
नेपाल टिम
रोहितकुमार पौडेल (कप्तान), रित गौतम, पवन सर्राफ, मोहमद आसिफ शेख,भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, सूर्य तामाङ