एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा नेपाल र मलेसियाबीच खेल जारी छ।
थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा खेल भइरहेको छ। मलेसियाविरूद्ध सन्दीपले तीन विकेट लिएका छन्।
सन्दीपले मलेसियाका ओपनर विरानदीप सिंहलाई पवन सर्राफको हातबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए। त्यसपछि सन्दीपले खिजार हायतलाई पवनबाटै शून्यमा क्याच गराएका थिए। सन्दीपले नवौं ओभरको पाँचौ बलमा अरुदीनलाई पवनबाटै ३१ रनमा क्याच गराउँदै पेभिलिएन फर्किए।
योसँगै सन्दीप टि-२० मा एक सय विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन्। सन्दीपले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग र राष्ट्रिय टोलीबाट उक्त उपाधि हात पारेका हुन्।