नेपालो ए राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलियातर्फ प्रस्थान गर्दैछ। भारतबाहेक नेपालको ए टोली विदेश भ्रमणमा निस्किएको यो पहिलो पटक हो।
अस्ट्रेलियाको डार्विनमा अगस्ट २१ देखि ३० सम्म हुने टप एन्ड टी-२० सिरिज सिरिजमा नेपाल 'ए' ले सहभागिता जनाउदा लागेको हो। यस टोलीको नेतृत्व अनिल कुमार साहले गर्नेछन्।
सिरिजमा नेपालले एनटी स्ट्राइक (२१ अगस्ट), बंगलादेश (२२ अगस्ट), होबार्ट हुरिकेन्स (२४ अगस्ट), एसिटी कमेन्ट्स (२६ अगस्ट), किंग्समेन (२७ अगस्ट) र भिक्टोरिया (२९ अगस्ट) सँग खेल्ने तालिका रहेको छ।
यो टी-२० सिरिज सकिएपछि नेपाल 'ए' ले न्युजिल्यान्ड 'ए', साउथ अस्ट्रेलिया र तास्मानियासँग एकदिवसीय खेलहरू पनि खेल्नेछ।
टोली : १. अनिल कुमार साह (कप्तान) २. त्रित राज दास ३. मयन यादव ४. कुशल भुर्तेल ५. पवन सर्राफ ६. दीपक डुम्रे ७. कुशल मल्ल ८. लोकेश बम ९. राशिद खान १०. नारायण जोशी ११. आकाश चन्द १२. शाहब आलम १३. विपिन खत्री १४. युवराज खत्री १५. रिजन ढकाल