चितवन राइनोजले तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि जिम्बाब्वेका अन्तर्राष्ट्रिय क्रिकेटर सिकन्दर राजालाई अनुबन्ध गरेको घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय तथा विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेटमा निकै अनुभवी मानिने राजा एक प्रभावशाली अलराउन्डर हुन्।
ब्याटिङ र बलिङ दुवैमा खेलको नतिजा बदल्न सक्ने क्षमता भएका राजाले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट उच्च स्तरको क्रिकेट खेल्नुका साथै विश्वका प्रमुख टी–२० प्रतियोगिताहरूमा आफ्नो प्रभाव छोडिसकेका छन्।
उनको अनुभव, बहुमुखी प्रतिभा र नेतृत्वदायी गुणले एनपीएल सिजन ३ को तयारीमा रहेको चितवन राइनोजको टोलीलाई थप मजबुत र ऊर्जावान् बनाउने अपेक्षा गरिएको छ।