नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियाको डार्बीनमा भइरहेको टी-२० सिरिजमा पहिलो जित निकालेको छ।
आइतबार भएको खेलमा नेपालले होबार्ट हरिकेन्सको एकेडेमी टोलीलाई ३९ रनले हरायो।
नेपालले दिएको १५५ रनको लक्ष्य पछ्याएको होबार्ट १८.३ ओभरमा १५५ रनमै अलआउट भयो।
उसका लागि ओपनर नितेश श्यामुयलले सबैभन्दा बढी ३७ रन बनाए।
बलिङमा नेपालका नारायण जोशीले ३ विकेट लिए। उनले २ ओभरमा ८ रन खर्चिए। शाहब आलाम र पवन सर्राफले २-२ विकेट सफल भए।
त्यसअघि नेपालले ८ विकेटको क्षतिमा १५४ रन बनायो।ल
टस जितेको होबार्टले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेलले ३९ रन बनाए। ओपनर मयन यादवले ३१ रनको योगदान गर्न सफल भए।
कप्तान अनिलकुमार साहले २८ रन जोड्दा लोकेश बमले १६ बलमा नटआउट २० रन बनाए।
सिरिजका यसअघि नेपालले घरेलु टोली एनटी स्ट्राइक र बंगलादेश हाइपर्फमेन्ससँग हार ब्यहोरिसकेको थियो। अब नेपालले चौथो खेलमा बुधबार अस्ट्रेलियन क्यापिटल टेरोटेरीसँग खेल्नेछ।