मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपालले बहराइनविरूद्ध उत्कृष्ट बलिङ गरेको छ।
सोमबार टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भयो।
बहराइनको ब्याटिङ ध्वस्त पार्न नेपालका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए। उनले १० ओभरमा केवल १४ रन खर्चिए भने ४ ओभर त मेडन नै फ्याँके।
यस्तै ललितराजवंशी ३ विकेट लिए भने करण केसीको नाममा २ विकेट रह्यो।
बहराइनका लागि फैज अहमदले सबैभन्दा बढी १५ रन जोड्न सके।
कपमा दोस्रो खेल भदौ १८ गते मलेसिया, तेस्रो खेल भदौ २१ गते साउदी अरेबिया र अन्तिम खेल भदौ २३ मा हङकङसँग खेल्नेछ।
समूहमा शीर्ष दुईमा परे नेपाल सेमिफाइनल पुग्नेछ। सेमिफाइनल भदौ २५ गते, तेस्रो स्थान र फाइनल खेल भदौ २७ गते हुनेछ।
२०२७ को एसिया कपमा छनोट हुनका लागि नेपालले प्रतियोगिताको जित्नु पर्नेछ।