अस्ट्रेलियामा रहेको नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले पहिलो एकदिवसीय खेलमा पराजय भोगेको छ।
डार्वीनमा बुधबार भएको खेलमा नेपालमाथि तास्मानियाले २ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छदा पूरा गर्यो।
उसका डवरले ६० रन बनाए भने बलिङमा नेपालका दीपक डुम्रे र साहब आलामले २-२ विकेट लिए।
त्यसअघि नेपाल ४३.३ ओभरमा १९२ रनमै अलआउट भयो।
नेपालका लागि मयन यादवले ३२ रन, तितराज दासले ३७ रन, कुशल भुर्तेलले १२ रन, कप्तान अनिलकुमार साहले ११ रन बनाए भने कुशल मल्लले २९ रन, दीपक डुम्रेले १८ रन बनाए र पवन सर्राफले २२ रन बनाए।
बलिङमा तास्मानियाका बिली स्टानलेकले ४ विकेट लिए।
टप इन्ड टी-२० सिरिजपछि नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा थप तीन वटा एकदिवसीय खेलेको हो।
नेपालले दोस्रो खेल शुक्रबार दक्षिण अस्ट्रेलियासँग र आइतबार अन्तिम न्युजिल्यायन्डको ए टोलीसँग हुनेछ।
यसअघि नेपालले टप इन्ड सिरिजमा ६ मध्ये २ खेलमा जित निकालेको थियो।
यद्यपी सिरिजमा नेपालका ओपनर कुलश भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै सिरिजकै सर्वाधिक रन स्कोर गरेका थिए। भुर्तेलले ६ खेलमा कुल ३०२ रन बनाएका थिए।