अस्ट्रेलियामा खेलिएको एकदिवसीय सिरिजका तीनै खेलमा नेपालको ए राष्ट्रिय टोली पराजित भएको छ।
यसअघि तस्मानिया र दक्षिण अस्ट्रेलियासँग पराजित भएको नेपालले आइतबार न्युजिल्यान्ड ए टोलीसँग २ विकेटको हार ब्यहोर्यो।
न्युजिल्यान्ड ए ले आइतबार डार्विनमा भएको खेलमा नेपालले दिएको २१२ रनको लक्ष्य ८ विकेटको क्षतिमा १ खेल खेल्न बाँकी छदा पूरा गर्यो।
न्युजिल्यान्डका लागि ओपनर आर मारिउ १३७ रन बनाए। उनले १३४ बलमा १६ चौका र ३ छक्का प्रहार गरे।
बलिङमा नेपालका रिजन ढकाल, शाहब आलाम र युवराज खत्रीले २-२ विकेट लिए।
त्यसअघि नेपालले २११ रन जोडेको थियो। नेपालका लागि पवन सर्राफले ६१ रन र लोकेश बमले ४७ रन बनाएका थिए।
बलिङमा न्युजिल्यान्डका एम फिसरले ४ विकेट लिएका थिए।
यसअघि डार्विनमै टप एन्ड टी-२० सिरिज खेलेको नेपाल अब स्वदेश फर्कनेछ।