पेरिस सेन्ट जर्मेन(पिएसजी)ले आफ्नो अपराजित यात्रा कायमै राखेको छ।
पिएसजी पछिल्ला २२ खेलमा अपराजित रहँदै आएको छ।
यसक्रममा उसले बुधबार फ्रेन्च कप अन्तरगत भएको खेलमा डिजोनलाई ६-१ गोलले पराजित गर्यो।
जितसँगै पिएसजी प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
डिजोनलाई ६-१ गोलले हराएको खेलमा पिएसजीले दुई गोल भने आत्मघाती गोलबाट उपहार पाएको थियो।
खेलमा पिएसजीले अग्रता नै आत्मघाती गोलबाट पायो। पिएसजीले पहिलो मिनेटमा लाउताओबाट आत्मगाती पहिलो गोल उपहार पाएको थियो भने दोश्रो गोल ८६ औं मिनेटमा कोउलीबालीबाट उपहार पायो।
यी दुई गोलका अवावा बाँकी चार गोल भने साराबिया, किलियन एम्बाप्पे र थिएगो सिल्भाले गरे जसमा साराबियाले दुई तथा एमबाप्पे र सिल्भाले १-१ गोल गरेका हुन्।