इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुलको खराब प्रदर्शन जारी छ।
लिगमा लगातार चौथो खेलमा पराजित हुने क्रममा लिभरपुल शनिबार राति भएको खेलमा एभर्टनसँग २-० गोलले पराजित हुन पुग्यो।
लिभरपुलविरुद्ध एभर्टनका रिचार्लीसनले तेस्रो मिनेट र सिगुर्डसनले ८३ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।
लिगमा लिभरपुल लगातार चौथो खेलमा पराजित भएको हो।
अंक तालिकाको चौथो स्थानमा रहेको लिभरपुलले २५ खेलबाट ४० अंक जोडेको छ। शीर्ष स्थानको म्यानचेस्टर सिटीको २४ खेलबाट ५६ अंक छ।
एभर्टन २४ खेलबाट ४० अंक नै जोड्दै सातौं स्थानमा छ।