नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफअन्तर्गत आज एलिमिनेटरको खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा चितवनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
चितवन राइनोजको प्लेइङ–११ :
रवि बोपारा (कप्तान), कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, देव खनाल, विवेक यादव, सलाउद्दीन खान, कमिल मिश्रा, उस्मा मीर र डेभिड मलान।
काठमाडौं गोर्खाजको प्लेइङ–११ :
करण केसी, भीम सार्की, राशिद खान, सन्तोष यादव, साहिल पटेल, गणेश गौतम, सोनु देवकोटा, जहानदाद खान, सहान अराचिगे, विल बोसिस्टो र साम हेजलेट।
आजको खेल जित्ने टोलीले फाइनल प्रवेशका लागि भोलि हुने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। पराजित हुने टोलीको भने प्रतियोगितामा यात्रा समाप्त हुनेछ।

