नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ ‘रोड टु यूएफसी’को फाइनलमा पुगेका छन्।
चीनको सांघाईमा आज भएको बान्टमवेटको सेमिफाइनलमा ढाँटले न्युजिल्यान्डका कसिब मर्डकलाई हराउँदै फाइनलमा पुगेका हुन्।
पाँच पाँच मिनेटको तीन राउन्डको भिडन्तको तेस्रो राउन्डमा रवीन्द्रले विपक्षी खेलाडीमाथि मुक्का बर्साएका थिए। त्यसअघि भने रवीन्द्रले निकै संघर्ष गर्दा भिडन्त अन्तिममा रोमाञ्चक बनेको हो।
उनले फाइनलमा अब जापानका ताजिमासाँग प्रतिस्पर्धा गर्नेछन्। फाइनल सन् २०२६ को अन्त्यतिर हुने भनिएको छ।
ढाँटले यसअघि मेमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा नकआउट गर्दै अन्तिम चारमा पुगेका थिए।
अब उनले फाइनलमा जापानी खेलाडीलाई हराए यूएफसी पुग्नेछन्।
ढाँट यसअघि इन्डोनेसियाको बालीमा अन्तिम तालिम सेसन पूरा गरेर २३ अगस्टमा चीनको सांघाई पुगेका थिए।
यसअघि कसिको अपराजित यात्रा सकिएको छ। अब ढाँट नजिता ११-१ भएको छ भने कसिबको ८-१ भएको छ।