रसुवाको भोटेकोशीमा आएको बाढी तथा विपदबाट प्रभावित नागरिकलाई राहत प्रदान गर्न नेप्लिज तेक्वान्दो एकेडेमी नुवाकोट पुगेको छ। काठमाडौंको डाँछीमा रहेको एकेडेमीले मंगलबार नुवाकोटका बाढी प्रभावितका लागि आवश्यक राहत सामग्री हस्तान्तरण गरेको हो।
एकेडेमीले नुवाकोटको बट्टार होल्डिङ सेन्टर र देवीघाट होल्डिङ सेन्टरमा रहेका बाढीपीडितका लागि ट्र्याकसुट, टी–सर्ट, मास्क, प्याड, पानी, चाउचाउ तथा बिस्कुटलगायतका सामग्री वितरण गरेको जनाएको छ।
राहत सामग्री हस्तान्तरणका लागि एकेडेमीका अध्यक्ष, अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री तथा प्रशिक्षक अशोक खड्का तथा गणेशबहादुर खड्का लगायतका तथा प्रतिनिधिहरू नुवाकोट पुगेका थिए। एकेडेमीका तर्फबाट राहत सामग्री पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।
यस अभियानमा विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेका थिए। सहयोग गर्नेमा न्युज ब्वाइज एफस, लाफा स्पोर्ट्स (पदम राना मगर), गणेशबहादुर खड्का, अनिल परियार, नन्द बिष्ट, आयुष ढुंगेल, उत्सव थापा, शोभा दाहाल, प्रगति कुइकेल, शारदा धिमाल, मीना पौडेल, बिश्मी श्रेष्ठ, देवराज खड्का, इन्द्रराज खड्का, लक्ष्मी लामा, आयुष बोहोरा, सम्झना ढकाल, मुगमाया पाख्रिन, श्रवण, सागर बराल, जितसिंह लामा, पुकार कुइकेल, वीरबहादुर महरा, रेजिन रिमाल र कुन्ता काफ्ले रहेका छन्।


एकेडेमीले खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको छ। यसअघि पनि एकेडेमीले विभिन्न विपत्तिका समयमा सहयोग गर्दै आएको छ।
२०७२ सालको विनाशकारी भूकम्प तथा कोभिड–१९ महामारीका समयमा समेत राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गरेको एकेडेमीले विपद्मा परेका तथा असहाय नागरिकलाई समय–समयमा सहयोग गर्दै आएको छ।