हार्दिक फिटनेस २९ औँ वार्षिकोत्सवअन्तर्गत भएको खुला पिकलबल प्रतियोगतामा सुवर्ण शाहले पुरुष एकल र डबल्समा च्याम्पियन भएका छन्।
पुल्चोकमा रहेको हार्दिक फिटनेसले पहिलो पटक आयोजना गरेको खुल्ला पिकलबलको फाइनलमा सुवर्णले प्रनव खनाललाई सजिलै ११–४, ११–१ ले हराए।
यसैगरी पुरुष डबलमा सुवर्ण र समीर पोखरेलको जोडीले ११–५ र ११–२ ले हराएर उपाधि जित्यो। पुरुष एकलमा आयुष श्रेष्ठले मनोज कुमारलाई ११–३, ५–११ र ११–८ ले हराएर तेस्रो स्थान हासिल गरे।
यसैगरी पुरुष डबल्सअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा कृष्ण अग्रवाल र मनोज कुमारको जोडीले रोहित चाम्लिङ र बेदकुमार तामाङको जोडीलाई १०–१२, ११–७, ११–७ ले हरायो।
प्रत्येक इभेन्टको शीर्ष तीन स्थानमा रहने खेलाडीले जनही ३० हजार, १५ हजार र पाँच हजार रुपियाँ प्राप्त गरे।
यसैगरी सबै विजेतालाई गिफ्ट ह्याम्परसहित हार्दिक फिटनेसको निशुल्क सदस्यता पनि प्रदान गरियो । नेपालमा नयाँ खेलको रुपमा रहेको पिकबलमा ३६ जनाले एकल र ४६ टिमले डबल्समा सहभागिता जनाएका थिए ।