राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बूढानीलकण्ठ नगरपालिकाबीच बूढानीलकण्ठ नगरपालिका वडा ४, पासीकोटमा फुटबल रंगशाला निर्माण गर्न त्रिपक्षीय सम्झौता भएको छ।
राखेपका सदस्य–सचिव रामचरित्र मेहता, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र वडा ४ का अध्यक्ष श्रीराम केसीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
त्यस्तै, बूढानीलकण्ठ नगरपालिका खेलकुदमैत्री पालिका बनाउने अभियानलाई मूर्त रुपमा दिन विभिन्न खेलका पूर्वाधार बनाउने, खेलकुदका विभिन्न गतिविधिहरुमा आपसी सहयोग गर्न, विभिन्न प्रशासनिक र प्राविधिक विषयमा सहयोग र समर्थन गर्नेलगायतका विषयमा पनि सम्झौता भएको छ ।