अमेरिकाको डलासमा छायांकन भएको नेपाली गीत ‘नशा’को भिडिओ सार्वजनिक भएको छ। शान भुसालको शब्द तथा संगीतमा बनेको यस गीतमा भारती गायक अनुग्रह विष्टको स्वर छ। ‘नशा’को रेकर्डिंङ मुम्बईको बिबिजे स्टुडियोमा भएको हो।
लुसेन्ट फिल्म ब्यानरमा निर्मित गीतको भिडिओ विकास बराइलीले निर्देशन गरेका हुन् भने सह-निर्देशक प्रज्ज्वल वाइबा हुन्। भिडिओमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रिया पास्कुसी, अंकित शर्मा र दिपेश आचार्यको अभिनय छ। भिडिओको छायांकन तथा सम्पादन समेत निर्देशक बराइलीले नै गरेका छन्।
‘म्युजिकल फिल्म’का रुपमा कथासहित भिडिओ तयार पारिएको संगीतकार भुसालले बताए। भिडिओमा एक जना युवकका कारण पति-पत्नीबीको सम्बन्धमा आएको समस्याको कथा देखाइएको छ।
'नशा' शनिबार युट्युबमा सार्वजनिक भएको हो।
भिडियो