परिच्छेद सेनले निर्देशन गर्न लागेको फिल्म 'महाराजधिराज' मा अभिनेता रमेश उप्रेती अनुबन्ध भएका छन्।
उनले फिल्म 'ऐश्वर्य' पछि पहिलोपटक फिल्ममा काम गर्न लागेका हुन्। यसबीचमा केही फिल्ममा अनुबन्ध भए पनि रिलिज भएका छैनन्। केही गीतका भिडिओमा भने रमेश देखिएका छन्।
फिल्म 'महाराजधिराज' को पोस्टर यसअघि नै रिलिज भइसकेको छ। फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्ममा अभिनेता पल शाहले मुख्य भूमिका निर्वाह गर्ने जानकारी निर्माणपक्षले यसअघि नै दिइसकेको छ।
फिल्ममा निर्देशक सेन स्वयंको लेखन रहेको छ। उनले यसअघि निर्देशन गरेको फिल्म 'प्रेमगञ्ज' समीक्षात्मक रूपमा अब्बल ठहरिएको थियो।
'महाराजधिराज' का प्रस्तुतकर्ता विराज विष्ट हुन्। उनले यसअघि 'बुलाकी' निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो। फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन्।