रोहित अधिकारी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्म 'माइतीघर' को फर्स्टलुक सार्वजनिक गरिएको छ।
निर्माणपक्षले फिल्मका मुख्य कलाकारहरूलाई समावेश गर्दै फर्स्टलुक पोस्टर ल्याएको हो।
मिलन तामाङको निर्देशनमा तयार यो फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरूङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापालगायत कलाकारहरूको अभिनय छ।
फर्स्टलुकमा कलाकारहरूको पात्र चित्रण गर्न खोजिएको छ। त्यस्तै, पोस्टरमा उज्यालो बलिरहेको घर समेत छ। यसले, माइतीघरलाई चित्रण गर्न खोजिएको वुझ्न सकिन्छ।
रोहित अधिकारी प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता रविन शेरचन र धिरज तामाङ हुन्। कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुलाल छन्।
फिल्ममा चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद, सुशन प्रजापतिको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ। त्यस्तै, यसमा किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गिय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन, साहिल खानको ट्रेलर छ।
फिल्म 'माइतीघर' ले तामाङ संस्कृतिको कथालाई समेत उठान गरेको छ। फिल्म उत्कृष्ट बनेको भन्दै निर्माता रोहित अधिकारीले प्रचार-प्रसारमा पनि कुनै कमी नगर्ने बताएका छन्।
यो फिल्म दसैं फूलपाती (असोज १३) देखि रिलिजमा आउँदैछ।
