गत वर्ष सिनेमा हलमा रिलिज भएको हिट फिल्म 'होस्टेल ३' अब डिजिटल प्लेटफर्म युट्युबमा सार्वजनिक हुने भएको छ।
यो फिल्म यही शुक्रबार बुढासुब्बा डिजिटलको युट्युबमार्फत सार्वजनिक हुन लागेको हो। फिल्ममा कलेज जीवन, मित्रता, प्रेम र युवाहरूको संघर्ष समेटिएको छ।
फिल्मको मुख्य भूमिकामा नयाँ पुस्ताका कलाकारहरू छन्। यसमा पारस बम ठकुरी, रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुलीलगायत कलाकारहरूको अभिनय छ।
फिल्मको कथा तथा निर्देशन सशान कँडेलको हो। बक्स अफिसमा राम्रो कमाइ गरेको 'होस्टेल ३' हल रिलिजको एक वर्षपछि युट्युबमा ल्याउन लागिएको हो।