राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन शाहले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जालमा भिडिओ राख्दै उनले भनेका छन्- 'जय महाकाली सङ आउट नाउ'
गीतले शक्ति, विद्रोह, र अन्याय विरूद्धको आवाज व्यक्त गर्न खोजेको देखिन्छ।
उनले गीतमार्फत् समाजमा भइरहेको भ्रष्टाचार, राजनीति, र बेथितिको आलोचना गरेका छन्। यस्तै युवालाई चुप नबस्न र आवाज उठाउन प्रेरित गरेका छन्।