पोर्चुगलमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका नेपाली व्यवसायी टंक सापकोटाले बाढी प्रभावितका लागि ५१ लाख बढी सहयोग गरेका छन्।
उनी र उनको परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ११ हजार १५१ रूपैयाँ जम्मा गरेका हुन्।
प्राकृतिक विपद्को यस कठिन घडीमा आफ्नो मातृभूमि र पीडित मानिसहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग रकम हस्तान्तरण गरिएको सापकोटाले बताए।
यो सम्पूर्ण रकम कतै संकलन गरिएको नभई आफ्नै व्यवसायबाट भएको आम्दानीको केही हिस्सा नागरिकको सहायताका लागि प्रदान गरिएको उनले बताए।
यस कार्यमा साथ र सद्भाव प्रदान गरेकोमा उनले पोर्चुगलस्थित नेपाली राजदूतावासका साथै संसारभरबाट सहानुभूति राख्ने सबैप्रति धन्यवाद ज्ञापन गरे।