गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले आफ्नो २०औं साधारणसभा सम्पन्न गरेको छ।
एनआरएनए हङकङको २०औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा हङकङस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत सतीश गुरुङसहित एनआरएनएका पदाधिकारीहरूको सहभागिता थियो।
कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत सतिश गुरुङले एनआरएनए देशको आर्थिक विकासको साझेदार बन्न सक्ने बताए।
एनआरएनएका निवर्तमान अध्यक्ष एवं प्रमुख संरक्षक बद्री केसीले लगानीका लागि सहज वातावरण भएमा धेरै गैरआवासीय नेपालीहरू लगानी गर्न आतुर रहेको बताए।
एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईले एनआरएन नागरिकताका लागि सबैले पहल गर्नुपर्ने बताइन्।
अर्की उपाध्यक्ष राधिका गुरुङ (टीका) ले हङकङमा रहेका नेपालीहरूले भोगेका समस्याबारे जानकारी गराइन्।
कार्यक्रममा हङकङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङ, एनआरएनए उपमहासचिव अनुजा प्रधान, एनसीसी यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, एनसीसी हङकङका अध्यक्ष अनु राई, उपाध्यक्ष कविता गुरुङलगायतले आफ्ना धारणा राखेका थिए।