साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक १९.१२ अंकले घटेको छ।
यस दिन नेप्से १.०२ प्रतिशतले घटेर १८५०.६१ बिन्दुमा बन्द भएको छ।
आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँमा सीमित भएको छ।
यस दिन २६३ वटा धितोपत्रको २० लाख १५ हजार ५९५ कित्ता सेयर किनबेच भएको हो।
आइतबार आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.२२ प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य ५४२ रुपैयाँ ७० पैसा पुगेको छ।
यस्तै, इष्टर्न हाइड्रोपावरको सेयरमूल्य ७.६१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३८७ रुपैयाँ ४० पैसा पुगेको छ।
यसैगरी, एनएमबी डिवेञ्चर ८.५०%–२०८७/८८ को मूल्य ८.८३ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ७६१ रुपैयाँ पुगेको छ।
यस्तै, मकर जितुमाया सुरी हाइड्रोपावरको सेयरमूल्य ८.३१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २५५ रुपैयाँ पुगेको छ।
आइतबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४०० रुपैयाँमा ३ करोड २२ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.२१ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा मकर जितुमाया सुरी हाइड्रोपावर रहेकोे छ। उक्त कम्पनीको २५५ रुपैयाँमा १ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशतले बढेको छ।