सोमबार नेप्से परिसूचक १६.९३ अंकले घटेको छ।
यस दिन नेप्से ०.९१ प्रतिशतले घटेर १८३३.६९ बिन्दुमा बन्द भएको छ।
सोमबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ८२ करोड ४२ लाख १७ हजार रुपैयाँ पुगेको छ।
यस दिन २७० वटा धितोपत्रको २८ लाख १० हजार ६२७ कित्ता सेयर किनबेच भएको हो।
सोमबार वीन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.०५ प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य ७९२ रुपैयाँ पुगेको छ।
यस्तै, आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ६.०८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५७५ रुपैयाँ ७० पैसा पुगेको छ।
यसैगरी, इष्टर्न हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३४८ रुपैयाँ ७० पुगेको छ।
यस्तै, शिवश्री हाइड्रोपावरको सेयरमूल्य ६.३७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १९१ रुपैयाँ पुगेको छ।
सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३९८ रुपैयाँमा ३ करोड ७८ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५० प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हिमाल दोलखा हाइड्रोपावर रहेकोे छ। उक्त कम्पनीको १८७ रुपैयाँ ९० पैसामा २ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशतले घटेको छ।