बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ९ पैसा घटेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ ३६ पैसा र बिक्रीमा १४४ रुपैयाँ २ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ३८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ७३ पैसा र बिक्रीमा ९८ रुपैयाँ १७ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५ रुपैयाँ ६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ ३६ पैसा र बिक्रीमा २९ रुपैयाँ ४९ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ९२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७८ पैसा तोकिएको छ।