नेपाल बैंकले ललितपुरको खुमलटारमा नयाँ शाखा स्थापना गरेको छ।
बुधबार ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जन तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी शाखा उद्घाटन गरेका हुन्।
उक्त समाहरोह बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो।
ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जन प्रमुख अतिथी रहेका उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी, बागमती प्रादेशिक कार्यालय प्रमुख पासाङ दोर्जी शेर्पा तथा स्थानीय संघ संस्थाका प्रतिनिधि, व्यापारी, ग्राहक तथा सर्वसाधारणको उपस्थिती रहेको थियो।
कार्यक्रमका विशिष्ट अतिथि कृष्ण बहादुर अधिकारीले स्थानीय जनता तथा संघ संस्थाहरूको धेरै पहिलेदेखिको अनुरोधलाई मनन गर्दै खुमलटार शाखा खोलिएको बताए।
ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनले नेपालको जेठो नगरपालिकाको रुपमा रहेको ललितपुर महानगरपालिकामा नेपालको जेठो बैंक नेपाल बैंकको खुमलटार शाखाको आगमनको संयोगले खुमलटार र सम्पूर्ण महानगरपालिकाको आर्थिक क्षेत्रमा नयाँ उमंग पलाएको र यसले महानगरपालिकाको वित्तीय पहुँच तथा आर्थिक वृद्धिमा कोसेढुङ्गाको भुमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको धारणा राखे।
नेपालभर २२८ शाखा, २०३ एटिएम साथै ५४ एक्सटेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ।