सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
आइतबार एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९७ पैसा तोकिएको छ।
आइतबार युरो एकको खरिदमा भने १४३ रूपैयाँ १५ पैसा र बिक्रीमा १४३ रूपैयाँ ८० पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो ५३ पैसा घटेको हो।
त्यस्तै, आज पाउण्ड स्टर्लिङ पनि घटेको छ। सोमबार पाउण्ड एकको खरिदमा भने १६३ रुपैयाँ ४२ पैसा र बिक्रीमा १६४ रुपैयाँ १७ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ १९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८० पैसा र बिक्रीमा ९७ रुपैयाँ २५ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३६ रुपैयाँ १५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ २९ पैसा र बिक्रीमा २९ रुपैयाँ ४२ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ४० पैसा र बिक्रीमा ४२९ रुपैयाँ ३६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ५२ पैसा तोकिएको छ।