नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ २४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८४ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ९५ पैसा र बिक्रीमा १४३ रुपैयाँ ६१ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २८ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ७२ पैसा र बिक्रीमा ८८ रुपैयाँ १२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८९ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ र बिक्रीमा ३६ रुपैयाँ १७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २९ रुपैयाँ १७ पैसा र बिक्रीमा २९ रुपैयाँ ३० पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ७३ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ६८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ७१ पैसा तोकिएको छ।