नेपाल बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ४, यरिचोकमा नयाँ शाखा स्थापना गरेको छ।
मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा तथा नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले संयुक्त रुपमा रिवन काटी तथा ताम्रपत्र अनावरण गरी शाखा उद्घाटन गरे।
उक्त समारोह नेपाल बैंक, सुर्खेत शाखाका शाखा प्रवन्धक बालराज बुढाको अध्यक्षतामा सम्पन्न भएको हो।
कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा प्रमुख अतिथि रहेका उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेल विशिष्ठ अतिथिको रहेका थिए।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा, कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मंगल शाही, कर्णाली प्रदेश सरकारका जलश्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्मा, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले समेत उक्त कार्यक्रममा विशेष आतिथ्यता ग्रहण गरेका थिए।
कार्यक्रमका कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले शहरमा मात्र केन्द्रित नभई स्थानीय तहमा गएर बैंकको शाखा खोल्न सुझाव दिए।
साथै, उनले यस शाखाले नाफा मुखी मात्र नभएर सहज, शुलभ, विश्वनिय र गुणस्तरिय सेवा प्रवाह गर्न तथा आगामी दिनमा सुर्खेत शाखालाई देशकै उत्कृष्ट शाखाको रुपमा देख्न चाहेको बताए।