बिहीबार अमेरिकी डलरको भाउ बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३२ रुपैयाँ १२ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८४ पैसा थियो। यो मूल्य अघिल्लो दिनको २८ पैसा बढेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ४३ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ४८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८७ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ९ पैसा र बिक्रीमा ३६ रुपैयाँ २६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ७ पैसा र बिक्रीदर ३५ रुपैयाँ २३ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रुपैयाँ ७ पैसा र बिक्रीमा २९ रुपैयाँ २० पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ २१ पैसा र बिक्रीमा ४३० रुपैयाँ १६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५० रुपैयाँ ४६ पैसा तोकिएको छ।