नयाँ सरकार बनेयता पहिलो पटक सरकारले पुँजी बजारलाई सम्बोधन गरेको छ।
सरकारले नीति तथा कार्यक्रम मार्फत् पुँजी बजारलाई पनि प्राथमिकतामा राखेको हो।
सरकारले सेयर बजारमा संस्थागत लगानीकर्ता बीमा, पेन्सन फलण्ड, गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने उल्लेख गरेको छ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गर्ने, पुँजी बजारलाई सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गर्ने, ऋण बजार, बण्ड बजार, पूर्वाधार वण्ड र जोखिम व्यवस्थापन विकास गरी दीर्घकालीन पुँजी निर्माण गर्ने उल्लेख गरेको छ।