सरकारले खरिदकर्तासँगै विक्रेतालाई पनि प्रोत्साहन गर्न थालेको छ।
यसअन्तर्गत विभिन्न अवधिमा छनोट भएका खरिदकर्ता र विक्रेता प्रतिनिधिले पुरस्कार प्राप्त गरेका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले मंगलबार राष्ट्रिय कर दिवसको अवसरमा आयोजित एक कार्यक्रमबीच तीन जनालाई पुरस्कार वितरण गरेका हुन्।
विक्रेतातर्फ बिगमार्टका प्रतिनिधि विवेक देवले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
त्यस्तै, पुरस्कार प्राप्त गर्नेमा असोज १६ देखि ३१ गतेसम्मको अवधिका लागि खरिदकर्तातर्फ सञ्चमाया तामाङ र कात्तिक १ देखि १५ गतेसम्मको अवधिका लागि खरिदकर्तातर्फ गौरीशंकर पण्डित छन्।
उनीहरू दुवैले जनही १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
कात्तिक १५ देखि ३० सम्मको खरिदमा राम श्रेष्ठलाई १० लाखको बम्पर पाएका छन्। उनले ३०० को सामान किनेका थिए।
यसअघि पुरस्कार योजनामा खरिदकर्तालाई मात्रै समेटिएकोमा अब विक्रेतालाई समेत प्रोत्साहन गर्ने व्यवस्था सुरू गरिएको हो।
योजनाअन्तर्गत विक्रेता प्रतिनिधिमध्ये दैनिक रूपमा २५ हजार रुपैयाँ र पाक्षिक रूपमा ५० हजार रुपैयाँ बम्पर पुरस्कार प्रदान गर्ने व्यवस्था रहेको छ।