जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाह व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा लगातार तेस्रो वर्ष सम्मानित भएका छन्।
मंगलबार काठमाडौंमा कर दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले उनलाई सम्मान गरेका हुन्।
यससँगै शाह परिवारका सदस्यले पछिल्लो १५ वर्षमा आठ पटक सर्वाधिक व्यक्तिगत आयकर तिरेर सरकारबाट सम्मान पाएका छन्।
राष्ट्रिय कर दिवसका अवसरमा सरकारले आर्थिक वर्ष शाह परिवारको सर्वाधिक व्यक्तिगत आयकर तिर्ने क्रम भने उनीभन्दा अघिदेखि नै सुरू भएको हो।
उनका बुवा विजयबहादुर शाह तीन पटक सर्वाधिक आयकर तिर्ने व्यक्तिका रूपमा सम्मानित भएका थिए। उनकी दिदीले पनि एक पटक यो सम्मान पाएकी थिइन्। शाहले ४ पटक यो सम्मान पाएका हुन्।
सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउँदै आएको छ।
यस दिन करदातालाई प्रोत्साहन गर्न उत्कृष्ट कर तिर्ने करदातालाई सम्मान गरिने गरेको छ।