नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य बढेको छ।
आइतबार प्रतितोला नौ हजार पाँच सय रूपैयाँ बढेको सुनको भाउ आज तोलामा चार हजार एक सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार ६ सय रूपैयाँ पुगेको छ।
आइतबार सुन प्रतितोला तीन लाख पाच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।
आइतबार तोलामा पाँच हजार १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पाँच हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ४० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।