नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ बढेको छ।
मंगलबार प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला १४ हजार ६ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७३ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ७३ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।
मंगलबार प्रतितोला चार हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला चार हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय १५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।