नेपाली बजारमा आज (बिहीबार)सुन-चाँदीको भाउ घटेको छ।
बुधबार तोलामा एक हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार पाँच सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
बुधबार सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।
बुधबार प्रतितोला पाँच हजार ८० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय १५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।