नेपाली बजारमा आज (मंगलबार) पनि सुन-चाँदीको मूल्य बढेको छ।
सोमबार तोलामा ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।
सोमबार तोलामा चार हजार तीन सय २० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार तीन सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।