नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको भाउ बढेको छ।
सोमबार प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा तीन हजार पाँच सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।
सोमबार प्रतितोला चार हजार ६ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।