नेपाल विद्युत प्राधिकरणले त्रिशूली ३-ए आयोजनाको सुरूङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले सुरूङको मुख पत्ता लगाएको जनाएको छ।
सांसद तथा सुरूङ विज्ञ श्रीराम न्यौपानेले त्रिशूली ३-ए मा भर्टिकल होलभन्दा ८ मिटर तल सुरूङको मुख भेटेको उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
उनले यो उद्धारको नेतृत्व लिएर काम गरिरहेका छन्।
नेपाल विद्युत् प्राधिकरण, सेना तथा विज्ञ समूहले यो आयोजनामा उद्धारको काम गरिरहेको छ।