त्रिशूली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नुवाकोटको त्रिशूली पारिको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सडक सुरू भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
गल्छी-त्रिशूली राजमार्ग अन्तर्गत त्रिशूली पुल पारिबाट त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा आएको हो।
सडक सञ्चालन भएसँगै नुवाकोटका धेरै नागरिकलाई सदरमुकामसँग पुनः सडक पहुँच स्थापित भएको छ।
साथै, प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्रीको आवत जावतमा समेत सहजता हुने विश्वास लिइएको छ।