सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका तस्बिर’ मा प्रस्तुत गरेको छ।
आजको श्रृंखलामा हामीले वैशाख २४ गते देखि वैशाख २९ गतेसम्मका तस्बिर समेटेका छौं।
तस्बिरहरू:

भ्रष्टाचारीलाई कारबाही गर्न भन्दै माओवादी जनवर्गीय संगठनहरूले गरेको प्रदर्शनमा सहभागीहरू र उनीहरूले प्रदर्शन गरेको नारा। तस्बिर: नवीनबाबु गुरुङ /सेतोपाटी
संघीय शिक्षा ऐन जारी गर्न माग राख्दै माइतीघरमा प्रदर्शन: निशा भण्डारी/सेतोपाटी 
ललितपुरको विकल्प आर्ट सेन्टरमा प्रदर्शनमा राखेको एउटा कलाकृत चित्र। तस्बिर: नवीनबाबु गुरुङ /सेतोपाटी

काठमाडौंको भद्रकालीमा नागरिक समाजले भ्रष्ट्राचारीको विरोधमा गरेको कार्यक्रममा सहभागीहरू। तस्बिर:नवीनबाबु गुरुङ /सेतोपाटी
भ्रष्टाचारविरूद्ध आफूलाई संसदमा बोल्न नदिएको भन्दै अर्धनग्न भएर विरोध गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंह। तस्बिर: निशा भण्डारी/सेतोपाटी
काठमाडौंको असनमा रहेको एउटा घरको पसलहरूमा रहेको सजाइएको सामान। तस्बिर: नवीनबाबु गुरूङ /सेतोपाटी
बुद्ध जयन्तीको अवसरमा लमजुंगको भोटेओडारमा देखाइएको दैवी शक्तिमा आधारित सतिघाटु। तस्बिर: नवीनबाबु गुरुङ /सेतोपाटी
एमाले केन्द्रिय कमिटी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र अर्का नेता प्रदिप ज्ञवाली कुराकानी गर्दै। तस्बिर:नवीनबाबु गुरुङ /सेतोपाटी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पछि तत्कालीन गृहमन्त्री बालकृष्ण खाण। तस्बिर:नवीनबाबु गुरुङ /सेतोपाटी
काठमाडौँको न्युरोडमा काफल बेच्न बसेकी एक महिला। तस्विर:नवीनबाबु गुरुङ /सेतोपाटी